ओली बोलिरहँदा खतिवडाले भने- कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्
उनले ओलीले न्यूनतम साझा कार्यक्रमबारे संसदमा बोल्न नपाउने जिकिर गरे।
काठमाडौं, माघ २२ : आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलिरहँदा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका छन्।
ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकरी गराइरहँदा खतिवडाले नियमापत्ति गरेका हुन्।
त्यसक्रममा खतिवडाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २६ अनुसार नियमापत्ति गरेको बताए। उनले ओलीले न्यूनतम साझा कार्यक्रमबारे संसदमा बोल्न नपाउने जिकिर गरे।
‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो। यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन,’ उनले भने, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’
त्यसपछि ओलीले यसअघि कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर सदन अवरुद्ध गरेको बताए र बोल्ने क्रमलाई निरन्तरता दिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

