Kathmandu Press

वरिष्ठ अधिवक्ता निराला न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं, पुस २२ : वरिष्ठ अधिवक्ता लक्ष्मी बहादुर ‘निराला’ खड्का न्याय परिषद्को सदस्यमा नियुक्त भएका छन्। 

राष्ट्रपति ....

वरिष्ठ अधिवक्ता निराला न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं, पुस २२ : वरिष्ठ अधिवक्ता लक्ष्मी बहादुर ‘निराला’ खड्का न्याय परिषद्को सदस्यमा नियुक्त भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता निरालालाई मंगलबार न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।

‘राष्ट्रपतिज्यूले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मित्रपार्क–७, काठमाडौं निवासी कानूनविद् वरिष्ठ अधिवक्ता निरालालाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

न्याय परिषद् सदस्य पदम वैदिकले राजीनामा दिएपछि रिक्त रहेको पदमा निरालालाई नियुक्त गर्न सिफारिस गरिएको थियो। यसअघि संसदीय सनुवाइ विशेष समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो। 

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, पुस २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्