Kathmandu Press

मुलुकको प्राथमिकतामा परेका विषयहरुलाई अघि बढाउन राष्ट्रिय सहमति आवश्यकता : देवेन्द्र पाैडेल

उनले अहिलेको आवश्यकता भनेको प्राप्त उपलब्धिहरूको रक्षा गर्नु नै रहेकाले संविधानमा संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। 
मुलुकको प्राथमिकतामा परेका विषयहरुलाई अघि बढाउन राष्ट्रिय सहमति आवश्यकता : देवेन्द्र पाैडेल

काठमाडाैं, माघ २२ : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मुलुकको प्राथमिकतामा परेका विषयहरुलाई अघि बढाउनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए।

प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा विशेष समयमा बोल्दै उनले उनले एक अर्कालाई निषेध गरेर मुुलुकको समस्या समाधान हुन नसक्ने भन्दै मिलेर जाने जनताको जनादेशलाई अंगीकार गर्नुपर्ने धारणा राखे।

उनले अहिलेको आवश्यकता भनेको प्राप्त उपलब्धिहरूको रक्षा गर्नु नै रहेकाले संविधानमा संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। 

शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्न, समृद्ध नेपालको जनआकांक्षा पूरा गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ थियो। ‘जनताले निर्वाचनमार्फत मिलेर जान मत दिएका हुन्,’ उनले भने, ‘एकअर्काबीच झगडा गरेर होइन सबै मिलेर जानुपर्छ,’ नेता पौडेल भने।

‘शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै राजनीतिक उपलब्धि सहमतिमा गर्‍यौं। देशका अगाडि आएका समस्या समाधान गर्न फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ,’ उनले भने।

आजको आवश्यकता प्राप्त उपलब्धिको रक्षा र जगेर्ना गर्नु रहेको बताउँदै नेता पौडेलले भने, ‘केही कमीकमजोरी छन् भने विधिपूर्वक समाधान खोज्नुपर्छ । अहिलेको प्रणालीमाथि प्रश्न उठाउने कामले जनताको भावनामा ठूलो असर गर्छ।”

देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको उनले बताए। अझै ५५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको उल्लेख गर्दै उनले स्वदेशमा रोजगारी सिर्जना चुनौतीका रुपमा रहेको बताए।
 

प्रकाशित मिति: १४:५० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्