Kathmandu Press

राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट मुक्त हुन ओलीको अपिल 

‘अनिश्चय र अस्थिरताको बीउ स्वयम्का लागि प्रत्युत्पादक हुन सक्छ,’ ओलीले भने, ‘कोहीपनि जालन्धर नबनौं, स्वस्थानीको सिजन छ।’
राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट मुक्त हुन ओलीको अपिल 

काठमाडौं, माघ २२ : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा अ‍ोलीले राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट मुक्त हुन सबै राजनीतिक दलहरुलाई अपिल गरेका छन् । 

आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्न आह्वान गर्दै सबै दलहरुलाई राजनीतिक स्थायित्वका लागि योगदान गर्न अपिल गरेका हुन् । 

उनले फेरिपनि राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तन कसैका लागि पनि हित नहुने बताए। ‘अनिश्चय र अस्थिरताको बीउ स्वयम्का लागि प्रत्युत्पादक हुन सक्छ,’ ओलीले भने, ‘कोहीपनि जालन्धर नबनौं, स्वस्थानीको सिजन छ।’   

उनले लोकतन्त्र कुनै दल विशेषका लागि नभई नेपाली जनताका लागि रहेको बताए । त्यसकारण जनताको हितका लागि राष्ट्रिय सहमति आवश्यक हुने उनको भनाई छ । 

‘राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता, स्वाभिमानको सवालमा, न्यायोचित राष्ट्रिय हितहरुको सवालमा, लोकतन्त्र, स्वतन्त्रता, समानता, समावेशी विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिको सवालमा, अभाव, गरिबी, विपन्नताको दुष्चक्रबाट सर्वसाधारण नेपालीलाई बाहिर ल्याउने सवालमा ,राष्ट्रिय सामथ्र्य र शक्ति राष्ट्र र जनहितका लागि सदुपयोग गर्ने सवालमा, अर्थतन्त्रको सवलीकरण गर्ने, विकासको गतिलाई तीव्रता दिने, सेवा प्रवाहमा व्यापक सुधार ल्याउने सवालमा । यस्ता विषयहरुमा राष्ट्रिय सहमति कायम गरौं,’ उनले भने । 
 

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्