Kathmandu Press

प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपस्थित

शनिबार राति बसेको आकस्मिक बैठकले नै अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको स्रोतकाे भनाइ छ।
प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपस्थित

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थिति जनाएकाे छ।

दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका कुनै सांसद उपस्थित छैनन्। उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्।

सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज (आइतबार) अन्तिम निर्णय गर्दैछ। गृह मन्त्रालय आफूले पाउनुपर्ने भन्दै  सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन्। 

दुई दिनको समय दिए पनि त्यसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बेवास्ता गरेपछि उनीहरू निर्णयक छलफलमा जुटेका हुन्। पार्टीले दिएको समय शनिबार राति घर्किएको र राति नै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि रास्वपाले आज फेरि अर्को बैठक डाकेको हो। 

शनिबार राति बसेको आकस्मिक बैठकले नै अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको स्रोतकाे भनाइ छ। सभापति रवि लामिछानेकाे संसद पद खारेज र रास्वपाबाट इन्दिरा राना उपसभामुख बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद छन्।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्