Kathmandu Press

उमेश श्रेष्ठ निर्वाचन आयोगमा, चितवन–२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग 

आफूलाई चितवन–२ बाट निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।
उमेश श्रेष्ठ निर्वाचन आयोगमा, चितवन–२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग 

काठमाडौं, माघ २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोगको कार्यालय पुगेका छन् । 

आफूलाई चितवन–२ बाट निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । सर्वोच्च अदालतले चितवन–२ मा पुनः निर्वाचन गर्न आदेश गर्दै त्यहाँबाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेज गरिदिएको थियो । 

त्यहाँ लामिछाने ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका थिए भने श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।

श्रेष्ठले  रविको नागरिकताको सम्बन्धनमा अगाडि नै उजुरी गरेपनि निर्वाचन आयोगले समयमै निर्णय गर्दा आफू अन्यायमा परेको बताए । उहाँको (रविको) निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्‍यो,’ श्रेष्ठले भने ।  
 

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्