पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसर्रफको निधन

काठमाडौं, माघ २२ ः पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसर्रफको निधन भएको छ ।
आइतबार संयुक्त अरब इमिरेट्सको एक अस्पतालमा उपचारको क्रममा ७९ वर्षीय मुसर्रफको निधन भएको अलजजिराले उल्लेख गरेको छ।
उनी कमैलाई मात्र लाग्ने एमलोइडोसिस् रोगबाट पीडित थिए । उनी ३ हप्तादेखि अस्पतालमा भर्ना भिए । उनको निधनप्रति पाकीस्तानी सेनाले दुख व्यक्त गरेको छ ।
मुसर्रफ पाकिस्तानी सेनाको पूर्वप्रमुख हुन्। सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए । सैनिक कुबाट पाकिस्तानको कार्यकारी अधिकार हातमा लिएका मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।
प्रकाशित मिति: १२:५९ बजे, आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

