सरकारबारे ठोस निर्णय लिन रास्वपाको बैठक सुरु
आजको बैठकले सरकारबारे ठोस निर्णय लिने बताइएको छ ।
काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि बैठक सुरु भएको हो । आजको बैठकले सरकारबारे ठोस निर्णय लिने बताइएको छ । रास्वपा सभापति रवि लामिछानेले आजको बैठकले ठोस निर्णय लिने बताएका थिए ।
बैठकअघि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता समेत गरेका थिए । प्रधानमन्त्रीसँगको छलफल सकारात्मक हुन भने नसकेको बताइएको छ ।
पार्टीको बैठक र आधिकारिक निर्णयपछि आजै सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्नेछन् । त्यहाँ उनले आफ्नो सिधा कुरा राख्ने बताएका छन् ।
लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि गृहमन्त्राललयलाई लिएर सत्ता गठबन्धनमा आन्तरिक संघर्ष चलिरहेको छ । लामिछाने नेतृत्वको रास्वपाले सरकार छाडे सत्ता गठबन्धन संकटमा पर्नेछ ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

