काठमाडाैंसहित देशभर फेरि वर्षा र हिमपातको सम्भावना
काठमाडाैं, पुस २२ : वर्षा र हिमपातपछि क्रमश सुधार हुँदै आएको मौसम फेरि प्रभावित हुने देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुस....

काठमाडाैं, पुस २२ : वर्षा र हिमपातपछि क्रमश सुधार हुँदै आएको मौसम फेरि प्रभावित हुने देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि सुधार हुँदै आएको माैसम मंगलबार बेलुकीदेखि फेरि प्रभावित हुनेछ।
सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मंगलबार मुलुकका अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौं उपत्यकासहित देशका अधिकांश भू-भागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ।
पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने माैसम विभागले जनाएको छ। भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकतम तापक्रम १६ दशमलव तीन डिग्री सेल्सियस रहेको छ।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

