Kathmandu Press

प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त

काठमाडौं, माघ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन्। 

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उनले पु¥याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवम् पूर्व अर्थसचिव राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो।  

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्