Kathmandu Press

कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

काठमाडौं, माघ २२ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जली अर्पण गरे। 

पूर्वअर्थ सचिवसमेत रहेका राणाको उपचारको क्रममा ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।  

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्