Kathmandu Press

रास्वपाको बैठक अघि बालुवाटार पुगे रवि, गृह मन्त्रालयबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल 

छलफलमा गृहमन्त्रालयको विषयमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नपाएपछि लामिछाने बालुवाटारबाट बाहिरिएका छन् । 
रास्वपाको बैठक अघि बालुवाटार पुगे रवि, गृह मन्त्रालयबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल 

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बालुवाटार स्रोतले काठमाडौं प्रेसलाई जानकारी दिएको छ ।  

भेटवार्तामा प्रधानमन्त्री र सभापति लामिछानेबीच गृहमन्त्रालयको विषयमा छलफल भएको बताइएको छ । छलफलमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नपाएपछि लामिछाने बालुवाटारबाट बाहिरिएका छन् । 

‘प्रधानमन्त्री ज्यूले तत्काल कुनै निर्णय दिनुभएको छैन, अब उहाँहरुले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । त्यहाँ भन्नुहोला,’ बालुवाटार स्रोतले भन्यो । 

रास्वपाका सभापति लामिछानेले आज दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पार्टीको केन्द्रीय समिति र संसदीय समितिको बैठकपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्ना सिधा कुरा राख्ने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामिछानेले आजको बैठकबाट पार्टीले ठोस निर्णय गर्ने बताइसकेका छन् । यस अनुसार रास्वपाले आज सरकारबाट फिर्ता हुने संकेत गरेको छ । 

सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनको गृहमन्त्री पद गुमेको थियो । रविको पद गुमेपनि गृहमन्त्री पार्टीले पाउनुपर्ने दाबी  रास्वपाको छ । प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री रास्वपालाई नदिने पक्षमा छन् ।  

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्