Kathmandu Press

रवि लामिछानेले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्ने 

आज बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलगत्तै विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले जानकारी दिएका छन् ।
रवि लामिछानेले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्ने 

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । 

आज बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलगत्तै विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले जानकारी दिएका छन् । आजको बैठकले सरकारबारे ठोस निर्णय लिने पनि लामिछानेले जानकारी दिएका छन् । 

उनले आफ्नो भनाईलाई सिङ्गो देश र विदेशमा रहेकाहरुलाई पत्रकार सम्मेलन हेर्न र सुुन्न अनुरोध समेत गरेका छन् ।  

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सीधा कुरा नगरेको धेरै भएछ’, रविले लेखेका छन् ।

प्रकाशित मिति: ११:०२ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्