राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने, माओवादीको उम्मेदवारलाई समर्थन गर्ने
धुम्बाराहीमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको हाे।
काठमाडौं, माघ २२ : नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।
आज बिहान सभापति शेर बहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकले सत्ता गठबन्धनबाट नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । माओवादीले उर्मिला अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाउँदैछ । कांग्रेसले अर्याललाई समर्थन गर्ने भएको हो ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।
प्रकाशित मिति: १०:५४ बजे, आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

