Kathmandu Press

पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला 

शनिबार साँझ रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव भेटिएको हो।
पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला 

काठमाडौं, माघ २२ : काठमाडौंको पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला परेका छन् । 

प्रहरीका अनुसार शनिबार साँझ रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव भेटिएको हो । भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । किशोर भने झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । 

प्रहरीले किशोरले छोरीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको आकलन छ । उनकी सात वर्षीया छोरी शारीरिकरुपमा अशक्त रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । 

घटनास्थलमा प्रहरीले सुुसाइड नोट समेत फेला पारेको छ । सुुसाइड नोटमा  त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: १०:४५ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्