लामिछानेको सांसद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने उमेश श्रेष्ठको माग
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको खाली रहेको सिटमा आफूलाई विजयी घोषणा गर्न श्रेष्ठले माग गरेका हुन् ।
काठमाडौं, माघ २२ : रबि लामिछानेसँग पराजित उम्मेदवार उमेश श्रेष्ठले माग गरेका छन्।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको खाली रहेको सिटमा आफूलाई विजयी घोषणा गर्न श्रेष्ठले माग गरेका हुन् ।
लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आइतबार निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।
प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)