Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । 
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं, माघ २२ : नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । 

काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । 

अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आज समापन गर्ने तयारी छ । 

प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्