Kathmandu Press

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि आज मनोनयनपत्र दर्ता, भोलि मतदान

ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि आज मनोनयनपत्र दर्ता, भोलि मतदान

काठमाडौं, माघ २२ : राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ ।

ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

आज नै उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । भोलि निर्वाचन गरिने तय छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी निर्धारण गरेका छन् । 

निर्वाचनको दिन राष्ट्रियसभा बैठकमा सुरुमा ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्नेछन् । समर्थकले समर्थन गर्नेछन् ।

त्यसपछि उमेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुनेछ । सो छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनमा एकभन्दा बढी उमेदवार हुने सम्भावना छ । सत्ता र प्रतिपक्ष दल दुवैतर्फका नेताहरूले उमेदवारी दिने बताइसकेका छन् ।

प्रकाशित मिति: ०७:४५ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्