Kathmandu Press

आज साढे ११ बजे रास्वपा बैठक बस्दै, सरकारबारे निर्णय हुने

आज बिहान साढे ११ बजे बस्ने भएको हो । रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । 
आज साढे ११ बजे रास्वपा बैठक बस्दै, सरकारबारे निर्णय हुने

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । हिजो (शनिबार) बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । 

आज बिहान साढे ११ बजे बस्ने भएको हो । रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । 

हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको थियो । आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ । 

पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखिएको थियो ।

प्रकाशित मिति: ०७:४० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्