राष्ट्रिय स्वतन्त्र पार्टीले राख्याे आकस्मिक बैठक
शनिबार राति ८ बजे आकस्मिक रुपमा बैठक बोलाएको हाे।
काठमाडाैं, माघ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति ८ बजे आकस्मिक रुपमा बैठक बोलाएको हाे।
रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीलाई दिएको २ दिनको समय शनिबार सकिएकाे छ।
प्रकाशित मिति: २०:०६ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

