आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते

गोरखा, माघ २१ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
लमजुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ ।
घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रकाशित मिति: १९:५४ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

