Kathmandu Press

विपरीत सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु बिडम्वना : भीम रावल

उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे।
विपरीत सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु बिडम्वना : भीम रावल

काठमाडाैं, माघ २१ : नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका छन्।

शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा विपरीत सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरु एकै ठाउँमा हुनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका हुन्।

उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे।

रावलले विपरीत सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहि पनि नदेखिएको उल्लेख गरे। निजी विद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो? भन्दै उनले प्रश्न गरे।

पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रा देखि संघर्षका विषयहरु उल्लेख गरिएको छ । 

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्