माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० समूह
ती समूहमा आइतबार बिहानसम्म छलफल हुने र समूहको निष्कर्ष पेस गर्ने कार्यतालिका रहेको एक नेताले बताए। उनका अनुसार बैठक आइतबारसम्म जारी रहनेछ।
काठमाडौं, माघ २१ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ।
बैठक आज (शनिबार) ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको बैठकमा प्रस्तुत गरिएकाे प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरिएकाे बताइएकाे छ।
ती समूहमा आइतबार बिहानसम्म छलफल हुने र समूहको निष्कर्ष पेस गर्ने कार्यतालिका रहेको एक नेताले बताए। उनका अनुसार बैठक आइतबारसम्म जारी रहनेछ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। पच्चीस पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न राजनीतिक आयामका बारेमा चर्चा गरेका छन्।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति आदि विषय प्रतिवेदनमा समेटिएको छ।
प्रकाशित मिति: १७:५५ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

