Kathmandu Press

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सहमतिको कोसिस गर्ने र सहमति नभए विचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष रहेको बताए।
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय

काठमाडाैं, माघ २१ : नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र सहमति नभए विचार, दृष्टिकोण, उद्देश्य मिल्नेसंग सहमति खोज्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सहमतिको कोसिस गर्ने र सहमति नभए विचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष रहेको बताए।

उनले सवै पक्षसँग छलफलका लागि खुल्ला रहेको र सबै मिलेर अघि बढौ भन्ने माओवादीको धारणा रहेको बताउनुभयो । पौडेलले अहिले एमालेलाई बाहिर राखेर नभइ सवै मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको जिकिर गरे। उनले गृहमन्त्रीको बारेमा अव रास्वपाको धारणा बुझ्ने र अघि बढ्ने बताए।

बैठकपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताए। अहिले सबैसँग कुरा भइरहेको र समस्या समाधान हुने उनको भनाइ छ ।

स्थायी कमिटी बैठकले दुई महिने पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। दुई महिनाको अवधिमा सवै नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरु बस्ने , रिपोर्ट तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने उनले बताए। 

बैठकले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेपछि आएका केहि निर्देशन र वक्तव्यहरुलाई पनि सवै तहमा लैजाने र कार्यान्वयन गर्ने निर्णय गरेको महराले बताए। 

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्