Kathmandu Press

सत्ता गठबन्धनमा उत्पन्न विवाद चाँडै समाधान हुन्छ : प्रचण्ड

गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने कि नदिने भन्ने विषयले सत्ता गठबन्धनभित्र विवाद बढाएको छ।
सत्ता गठबन्धनमा उत्पन्न विवाद चाँडै समाधान हुन्छ : प्रचण्ड

काठमाडौं, माघ २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद चाँडै समाधान हुने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘गठबन्धनमा कुरा हुँदैछ, समस्या चाँडै समाधान हुन्छ।’ अहिले सबैसँग कुरा भइरहेको र समस्या समाधान हुने उनको भनाइ थियाे।

गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने कि नदिने भन्ने विषयले सत्ता गठबन्धनभित्र विवाद बढाएको छ। बिहीबार रास्वपाले दुई दिन समय दिएर गृहमन्त्री पार्टी सभापति रवि लामिछानेलाई नदिइए सरकार छाड्नेसम्मको चेतावनी दिएको छ, जुन समयसीमा आज सकिँदैछ। 

राहदानी मुद्दा नसल्टिएसम्म माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्ड रविलाई दिन तयार छैनन्। यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको हो। प्रचण्डले गृहमन्त्री आफ्नै पार्टीले राख्ने गरी गठबन्धनमा कुरा गरिरहे पनि त्यसमा एमालेलगायत अन्य दल सहमत देखिँदैनन्।

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्