गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा दम्पती पक्राउ
जिल्ला प्रहरी कार्यालय गुल्मीले आज (शनिबार) पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको हो।
गुल्मी, माघ २१ : गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी पत्नी विष्णु अधिकारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले आज (शनिबार) पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको हो।
हत्या गरिएका ती भारतीय नागरिक विहारका ४४ वर्षीय सेख आलिनाम हुन्। गत १९ गते आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा भेटिएको थियो।
टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्याको आशंका गरिएको थियो। अनुसन्धानका क्रममा माघ १२ अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलासा भएको प्रहरीको भनाइ छ।
मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकि श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

