Kathmandu Press

मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने जिम्मा प्रचण्डको : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेशण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताए। 
मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने जिम्मा प्रचण्डको : अध्यक्ष नेपाल

काठमाडाैं, माघ २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्त'का बारेमा बताउने बताएका छन्। 

पार्टीेको पाँचाैं केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आफ्नो सिद्धान्त सही छ कि गलत त्यो व्यवहारले देखाउने उल्लेख गरे। उनले भने, 'हामी समाज बदल्न चाहन्छौँँ।'

अध्यक्ष नेपालले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेशण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताए। 

अध्यक्ष नेपालद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरिएकाे छ।

प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गरेका छन्।

मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ।

निर्वाचनबाट ठुलो दल बनेपछि कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिँड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ। समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्नेछ। 

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्