अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराई नेतृत्वमा निस्केको र्यालीलाई सुरक्षाकर्मीले रोके
सिड्नी, पुस २२ : अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गर्न पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा निस्केको र्यालीलाई सुरक्षाकर्म....

सिड्नी, पुस २२ : अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गर्न पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा निस्केको र्यालीलाई सुरक्षाकर्मीले रोकेका छन्।
मंगलबार अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको नेतृत्वमा नेपालीहरुले र्याली निकालेका थिए। अनुमति नलिई र्याली निकालेको भन्दै सुरक्षाकर्मीले रोकेको अस्ट्रेलियाको साउथएसिया अनलाईनले जनाएको छ।
स्थानीय सुरक्षाकर्मीले र्याली रोकेको जनाएको छ। र्यालीमा पर्यटनमन्त्री भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललगायत सहभागि थिए।
र्याली निकाल्नका लागि स्थानीय सुरक्षाकर्मी र प्रशासनसँग अनुमति लिन एनआरएन अस्ट्रेलियाका पूर्वकोषाध्यक्ष दिला खरेललाई जिम्मेवारी दिएको थियो। उनका अनुसार, स्थानीय प्रशासन र सुरक्षाकर्मीले अनुमति दिएका थिएनन्। अनुमति नदिएकोबारे आयोजकलाई जानकारी दिएको उनले बताएका छन्।
स्थानीय प्रशासनले अनुमति नदिएको जानकारी हुँदाहुँदै पनि र्याली निकालिएको जनाएको छ। जसले गर्दा र्याली सुरू हुने वितिक्कै सुरक्षाकर्मीले रोकेको जनाएको छ।
अस्ट्रेलियामा भिषण आगलागी भएको छ। देशनै शोकमा छ। यस्तोवेला पर्यटनमन्त्री भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन गर्न अस्ट्रेलिया पुगेका हुन्। अस्ट्रेलियामा बस्दै आएका नेपालीहरुले यस्तोवेला भ्रमण वर्षको प्रचारका लागि नआउन सामाजिक सञ्जालमा आग्रह पनि गरिरहेका थिए।
पर्यटनमन्त्री भट्टराई सोमबार अस्ट्रेलिया गएका थिए। उनको आज सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। उद्घाटन अघि र्यालीको आयोजना गर्न लागिएको थियो। तर, सुरक्षाकर्मीले रोकेपछि र्याली रोकिएको जनाएको छ।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

