राष्ट्रपति निर्वाचनअघि नै सत्तारूढ गठबन्धन टुट्छ : नेपाल
ललितपुरको बालकुमारीमा आज (शनिबार) सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकलाई उद्घाटन गर्दै उनले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको बताउँदै सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म साथ दिने दाबी गरे।
काठमाडौं, माघ २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनअघि नै सत्तारुढ गठबन्धन टुट्ने अवस्था देखिएको बताएका छन्।
ललितपुरको बालकुमारीमा आज (शनिबार) सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकलाई उद्घाटन गर्दै उनले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको बताउँदै सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म साथ दिने दाबी गरे।
उनले संसदको रोस्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको हुँदा जनतामा निराशा छाएको बताए। उनले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: १४:१८ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)