Kathmandu Press

प्रतिपक्षी दलहरूले उपाध्यक्षको टुंगो आइतबार लगाउने

सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले उम्मेदवारी आइतबार टुंगाे लगाउने निर्णय गरेको हो।
प्रतिपक्षी दलहरूले उपाध्यक्षको टुंगो आइतबार लगाउने

काठमाडाैं, माघ २१ : संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्म टुंगाे लगाउने भएका छन्। 

सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले उम्मेदवारी आइतबार टुंगाे लगाउने निर्णय गरेको हो।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए।

उनले भने, 'उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छाैं।' उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए।

उनले भने, 'सबै पक्षको कुरा बुझेर एउटा टुंगाेमा पुग्ने भन्ने भएको छ। कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन्। व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुङगोमा पुग्छौं।'

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्