माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने, राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल हुने पनि बताइएको छ।
काठमाडाैं, माघ २१ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने, राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल हुने पनि बताइएको छ। यस्तै, बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल हुने छ।
बिहीबार बैठक सुरु हुने बित्तिकै स्थगित भएको बैठक शुक्रबार बस्ने भनिएको थियो, तर बैठक अन्तिम समयमा बैठक स्थगित भएको थियो।
प्रकाशित मिति: १०:३६ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

