एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बस्दै
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ।
काठमाडौं, माघ २१ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि नेकपा एसको केन्द्रिय किमिटी बैठक पहिलोपटक बस्ने लागेको हो । बैठक ललितपुरको बालकुमारीमा बस्नेछ । बैठक दुइृ दिनसम्म चल्ने छ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ।
उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
सरकारको कार्यशैली मूल्यांकन, संसदमा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ।
बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ।
आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले संगठन निर्माणलाई जोड दिएको छ ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

