Kathmandu Press

प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएको बताइएको छ।
प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु

काठमाडाैं, माघ २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बेलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो।

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएको बताइएको छ।

राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। बैठकमा यी दुई विषयमा छलफल हुनेछ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछभने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ।

प्रकाशित मिति: १०:२४ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्