बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेट
दुई नेताबीच वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।
काठमाडाैं, माघ २१ : प्रधानमन्त्री निवासर बालुटालमार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ। शनिबार बिहानै सत्ता साझेदार दल एमालेका अध्यक्ष ओली प्रधानमन्त्री दहाललाई भेट्न बालुवाटार पुगेका थिए।
दुई नेताबीच वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।
नागरिकता प्रकणपछि गृहमन्त्रीबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने–नबनाउने विषयमा छलफल भएको बताइएको छ। दाहाल रास्वपालाई गृहमन्त्री नदिने पक्षमा छन् भने ओली दिनुपर्ने पक्षमा छन्।
रास्वपालाई बिहीबार नै सरकार छाड्ने तयारी गरेपछि प्रधानमन्त्री दहाल र ओलीले दुई दिनको समय दिँदै उसलाई सरकार नछाड्न भनेका थिए। त्यो दुई दिनको समय आज सकिँदै छ।
प्रकाशित मिति: १०:०८ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

