Kathmandu Press

श्रीलंकाका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्।
श्रीलंकाका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

काठमाडाैं, माघ २१ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेट गरेकी छिन्।

श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा श्रीलंकाका प्रधानमन्त्री गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिएश्र

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन्।

परराष्ट्रमन्त्री पौड्याल आज बिहान सूर्योदयसँगै श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन्। उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछिन्।

प्रकाशित मिति: ०८:३० बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्