किरण र समीक्षाले ल्याए फुल देखेँ
प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी, प्रेमिकाबीचको भावनात्मक प्रेमलाई समेटिएको छ ।
काठमाडौं, माघ २१ : गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ।
भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ।
प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी, प्रेमिकाबीचको भावनात्मक प्रेमलाई समेटिएको छ ।
देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












