‘नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ’

काठमाडौं, माघ २१ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताएका छन्।
सप्तरीको राजविराजमा भवन उद्घाटन गर्दै उनले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए। उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सप्तरीमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले सक्दो सहयोग गरेको उल्लेख गर।
‘स्वास्थ्य र शिक्षा महत्वपूर्ण कुरा भएकाले यसमा हाम्रो मैत्रीपूर्ण सहयोग रहिरहन्छ,' राजदूत श्रीवास्तवले भने।
राजदूत श्रीवास्तवले भारत सरकारको सहयोगमा गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र निर्माण गरिएको आकष्मिक प्रसूति भवन, बोरियास्थित नरेन्द्र मेमोरियल जनता मावि भवन र डाक्नेश्वरी नगरपालिकास्थित जनता रामेश्वर मेमोरियल मावि भवनको उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

