माओवादीलाई बाइपास गरी मधेश प्रदेशका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार
शुक्रबार ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
काठमाडौं, माघ २० : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री यादवले असन्तुष्ट माओवादीलाई सरकारबाहिरै राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवसँग माअोवादीले दुई मन्त्रालय मागेको थियो । माग गरेअनुसारको मन्त्रालय नपाएपछि माओवादी सरकारमा नगएको हो ।
शुक्रबार विस्तारित मन्त्रिपरिषद्मा महेशप्रसाद यादवलाई शिक्षा, विज्ञान तथा वाणिज्य मन्त्रालय, सुनिताकुमारी साहलाई सामाजिक विकास मन्त्रालय, शत्रुधनप्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालय , सिंहासन कलावारलाई खानेपानी तथा उर्जा विकास मन्त्रालय, राजकुमार लेखीलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालय र मोहम्मद जयद खा आलमलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

