मौसममा बदली : आजदेखि फेरि वर्षा र हिमपात
काठमाडौं, पुस २२: नेपालमा पुनः पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव सुरु भएको छ ।
निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौस....
काठमाडौं, पुस २२: नेपालमा पुनः पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव सुरु भएको छ ।
निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ ।
त्यस्तै, पश्चिमका केही क्षेत्र र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
मंगलबार राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।
भने पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २२ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
रातीः देशको पश्चिमी भू-भाग, मध्य र पूर्वका पहाडी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
पौष २३ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भु-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।




