Kathmandu Press

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित

काठमाडौं, पुस २२ : इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले....

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित

काठमाडौं, पुस २२ : इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल गोन्जालो हिगुईनले थपे। पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्टसले चार गोल नै दोस्रो हाफमा गरेको हो ।

४९औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । काग्लियारीका डिफेन्डरले डिवालालाई डी बक्समा फल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो । त्यो पेनाल्टीलाई पनि रोनाल्डोले गोलमा परिणत गरे ।

उनले ६७औँ मिनेटमा टिमका लागि र व्यक्तिगत दोस्रो गोल गरे । यसैगरी ८१औँ मिनेटमा गोन्जालो हिग्युनले युभेन्टसका लागि तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

जितसँगै युभेन्टस ४५ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा एट्लान्टाले पर्मामाथि पाँच–शून्यको फराकिलो जित दर्ता गरेको छ ।

प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, पुस २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्