१२ महिलाकाे भारतबाट उद्धार
ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्याई दुवई हुदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अव्स्थामा १२ जना महिलाहरुलाई उद्दार गरिएको जनाएको हो।
काठमाडाैं, माघ २० : नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १२ महिलालाई भारतबाट उद्धार गरेको छ।
ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्याई दुबई हुदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलाहरुलाई उद्धार गरिएको जनाएको हो।
निज महिलाहरु मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्धार गर्न व्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थित शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरुको उद्दार गरिएको व्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काकडभित्ता, जमुनाह, सुनौलीलगायतका नाकाहरु प्रयोग हुने गरेको उहाले बताए। मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुने सक्ने भन्दै उनीहरुको पहिचान गरि खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताए।
त्यस्तै ब्युरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्धार गरिएको जनाएको छ। बालिकालाई भारतको तान्त्रीकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्दार गरिएको व्युरोका निर्देशक श्रेष्ठले जानकारी दिए।
मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयादिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

