कपिलवस्तुमा २१ लाख अवैध भारतीय रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं, माघ २० : कपिलवस्तुबाट स्रोत नखुलेको २१ लाख ७ हजार १०० भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई कपिलवस्तुको मायादेवी गाउँपालिका–१ का २८ वर्षीय हमिद मुसलमान, शुद्धोधन गाउँपालिका–५ कपिलवस्तुका २८ वर्षीय राजेश कुमार बर्मा र सोही स्थानका २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

तीन जना सवार भारतीय नम्बर प्लेट यूपी ५५ एएम ०४५९ भएको हुन्डाइ भेन्यु कारलाई रोकेर चेकजाँच गर्दा प्रहरीले ४ हजार २०७ थान ५०० दरको नोट र ३६ थान १०० दरका नोट बरामद गरेको हो । उनीहरुले कारको सिटमा फल्स बटम बनाएर अवैध नोट ल्याएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

