Kathmandu Press

विश्वप्रकाश भन्छन्- क्यानले नियम पालना गर्नुपर्दैन?

‘क्यान अध्यक्षलाई फोनमा सोधें– खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’ ट्विटरमा उनले लेखेका छन्।
विश्वप्रकाश भन्छन्- क्यानले नियम पालना गर्नुपर्दैन?

काठमाडौं, पुस २० : बलात्कार आरोपमा पक्राउ परेर ससर्त धरौटीमा छुटेका सन्दीपलाई लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको ध्यानाकर्षण गराएका छन्।

क्यानले सन्दीपलाई बिहीबार राष्ट्रिय टिममा राखेको विषयमा चौतर्फी विरोध भइरहेका बेला महामन्त्री शर्माले क्रिकेट संघका अध्यक्ष चन्दलाई फोन गरेर न्यायको नियम पालना गर्न सुझाएका हुन्। क्यानको उक्त कदमविरुद्ध सामाजिक सञ्जालमा अभियान नै चलेको छ।

चन्दसँग भएको संवादबारे उनले ट्विटरमार्फत जानकारी दिएका छन्।  ‘क्यान अध्यक्षलाई फोनमा सोधें– खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’ ट्विटरमा उनले लेखेका छन्।

उनले खेलकुद मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री प्रचण्डको पनि ‘मौनता जिम्मेवार जवाफ हुन्न’ भन्दै ध्यानाकर्षण गराएका छन्। उनले लेखेका छन्, ‘ध्यानाकर्षण गराउँछु कि सही भएको छ बधाई दिनुस्ः यो प्रकरणमा पनि अदालत कुरौं, हतारो नगरौं, गल्ती सच्याउन भन्नोस्।’

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्