माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्याे

काठमाडौं, माघ २० : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ ।
आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजे बस्नेगरी सरेको हो । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण आजको बैठक सारिएको हो ।
यसअघि बिहीबार अपराह्न बसेको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो । बिहीबार प्रचण्डले सरकारको बारेमा ब्रिफिङ गर्दै बैठक अर्को दिनका लागि तय गर्न आग्रह गरेका थिए ।
माघ १२ देखि सुरु भएको स्थायी कमिटी बैठक पटकपटक बस्दै स्थगित हुँदै आइरहेको छ । बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

