सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश फुयालको इजलासमा

काठमाडौं, माघ २० : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेट सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दायर गरिएको रिटको पहिलो सुनुवाई आज हुँदै छ ।
बलात्कार अभियोग लागेका लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश बदरको माग गरिएको मुद्दामा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले पहिलो सुनुवाई गर्ने भएको हो ।
दुई साताअघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थिए । उक्त आदेश विरुद्ध महान्यायाधीवक्ताको कार्यालयले माघ १७ गते सर्वोच्चमा निवेदन दिएको थियो।
सर्वोच्च अदालतले मंगलबार महान्यायाधिवक्ताको निवेदन दर्ता गर्दै शुक्रबारका लागि पेसी तोकेको थियो ।
प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

