Kathmandu Press

झापामा ट्रक दुर्घटना, चालक र सहचालकको घटनास्थलमै मृत्यु 

झापामा ट्रक दुर्घटना, चालक र सहचालकको घटनास्थलमै मृत्यु 

झापा, माघ २० : झापामा मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  

बाराको सिमराबाट रड लिएर आउँदै गरेको  ना ५ ख ८३११ नम्बरको ट्रक झापाको शिवसताक्षी नगरपालिका–१ मा सडक छेउ रोकेर राखिएको ना ६ ख ८८९५ नम्बरको ट्रकसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । 

Hardik ivf

बाक्लो हुस्सुका कारण रड बोकेको ट्रकका चालकले रोकेर राखेको ट्रक नदेख्दा दुर्घटना भएको हो । ट्रकका चालक सुनसरी झुम्काका मदन चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक सहचालकको भने पहिचान खुलेको छैन ।   

No description available.

दुबैको शव च्यापिएको अवस्थामा ट्रकभित्रै रहेको र निकाल्ने प्रयास भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । चालक र सहचालकको शव निकाल्न र दुर्घटनाग्रस्त ट्रकको व्यवस्थापनका लागि घटनास्थलमा तीनवटा जेसिबी परिचलान गरिएको छ ।  

सडकमै रोकेर राखेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सोधपुछको क्रममा ट्रकमा इन्धन सकिएर रोक्नुपरेको जवाफ चालकले दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 


 

प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्