Kathmandu Press

मलेसियाका गृहमन्त्रीले प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्ने

तीन दिने भ्रमणमा क्रममा बिहीबार बेलुकी काठमाडौं आएका इस्माइलले पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। 
मलेसियाका गृहमन्त्रीले प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्ने

काठमाडौं, माघ २० : नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले शुक्रबार उच्चस्तरीय भेटवार्ता गर्दै छन्।

तीन दिने भ्रमणमा क्रममा बिहीबार बेलुकी काठमाडौं आएका इस्माइलले पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। 

बिहान १० बजे सोल्टी होटेलमा हुने भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। स्माइलसँग दुई घण्टा लञ्च मिटिङ हुने तय भएको छ। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो। 

नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्ने तयारी गरेको छ। यस्तै नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने पनि सहसचिव घिमिरेले बताए। 

 ह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि इस्माइलले भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरुबीच अपराह्न ४ बजे सिंहदरबारमा भेटवार्ताको तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । भ्रमण सम्पन्न गरी उनी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्