माओवादीको स्थायी कमिटी आज बस्दै
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।
काठमाडौं, माघ २० : नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।
बिहान ११ लागि बोलाइएको बैठक अपराह्न ४ बजे बसेको थियो । उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो ।
उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका दिए । उनले बैठकमा रास्वपाको मात्रै नभएर गठबन्धनमा नै समस्या आएको बताएका थिए ।
प्रकाशित मिति: ०७:३६ बजे, शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

