Kathmandu Press

सांसद चाैधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

पार्टीले एक बिज्ञप्ती जारी गर्दै चाैधरीलाइ रिहा नगरेपछिका घटनाकाे दोषी सरकार हुने जनाएकाे छ।
सांसद चाैधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

काठमाडाैं, माघ १९ : नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीले एक बिज्ञप्ती जारी गर्दै चाैधरीलाइ रिहा नगरेपछिका घटनाकाे दोषी सरकार हुने जनाएकाे छ।

‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो ।

तर उनी त्यो सजाय भुक्तान नगरी सांसद निर्वाचित भएका थिए । जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहिबार बाँकेबाट पक्राउ गरेको थियो ।

बाँकेमा पक्राउ परेका  चौधरीलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर फेरि धनगढी लागिएको छ।

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्