Kathmandu Press

सन्दीप र प्रतिशलाई समेट्दै बन्द प्रशिक्षणका लागि छानिए २० खेलाडी 

सन्दीप र प्रतिशलाई समेट्दै बन्द प्रशिक्षणका लागि छानिए २० खेलाडी 

काठमाडाैं, माघ १९ : नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको छ। यसअघि घोषणा गरिएको २८ सदस्यीय टिममा सन्दीपलाई सामेल गर्दै क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ।

बलात्कार आरोप लागेपछि निलम्बनमा रहेका सन्दीप निलम्बन फुकुवासँगै नेपाली टिममा फर्किएका हुन्। गत भदौमा बलात्कार आरोप लागेपछि निलम्बनमा रहेका सन्दीपको निलम्बन क्यानले गत मंगलबारमात्र फुकुवा गरेको छ।

बन्द प्रशिक्षणमा सामेल भएसँगै सन्दीप फागुन २ गतेबाट सुरु हुने नामिबिया र स्टकल्यान्डविरुद्धको क्रिकोणात्मक सिरिजमा टिममा पर्न सक्ने छन्। 

क्यानले सन्दीपसँगै प्रतिश जिसीलाई पनि टिममा राखेको छ। जिसीले अघिल्लो महिना भएको नेपाल टि–२० लिगमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

क्यानले प्रारम्भिक टिमबाट १० खेलाडीलाई हटाएको छ । जसमा लामो समयदेखि टिममा रहँदै आएका विनोद भण्डारी, शरद भेषावकर र अविनाश बोरहा पनि छन्। यस्तै, सागर ढकाल, बिक्रम सोब, सिद्धान्त लोहनी, अंकित सुवेदी, विवेक यादव, अनिल साह र भुवन कार्की टिमबाट बाहिरिएका छन्।

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्